नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले घटेको हो। यसअघि १०४ रूपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धनको मूल्य ९४ रूपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।
घटेको मूल्य बिहीबार मध्यरातदेखि लागू हुने निगमले जनाएको छ। निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएपनि हवाई इन्धनको मूल्यभने समायोजन गरेको थिएन।