रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालको दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत तेस्रो तथा अन्तिम महिनाको विजेता घोषणा गरेको छ।
रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने शिवु झागर ‘लक्की ड्र’ बाट तेस्रोे महिनाको विजेता घोषित भएका हुन्। सेवाग्राही झागरले नगद एक लाख पाएका छन्।
आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्याम कृष्ण खकुरेल (अन्तराष्ट्रिय व्यापार)ले विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।
२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट तीनजना विजेता घोषित भइसकेका छन्।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखी र व्यवसायीक साझेदारमूखी योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालिका पर्वहरूमा देश विदेशमा रहेका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको थियो।