नुवाकोट, रसुवा र धादिङमा सेवा पु-याउने उद्देश्यले विदुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ।
खाद्य सामग्रीसम्बन्धी तीन जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पु¥याउन कार्यालय स्थापना गरिएको हो। कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित नौ जनाको दरबन्दी भए पनि हाल खाद्य अनुसन्धान अधिकृतसहित चार कर्मचारीबाट सेवा थालिएको निमित्त कार्यालय प्रमुख (खाद्य अनुसन्धान अधिकृत) नवराज श्रेष्ठले बताए।
यसअघि यहाँका तीन जिल्लाको कामकारवाही काठमाडौँबाटै हुने गरेको थियो। “नागरिकलाई सरकारी सेवा अधितकतम पायक पर्ने स्थानबाट उपलब्ध गराउन विदुरमा कार्यालय स्थापना गरिएको हो,” श्रेष्ठले भने। कार्यालयले खाद्य उद्योग, पेयपदार्थ उद्योग, किराना पसल, होटललगायत बिक्रीमा राखिएका खाद्य सामग्रीको गुणस्तर मापन गरेर मानवीय स्वास्थ्यप्रति सचेत गराउने काम गर्नेछ। उपभोक्तालाई जागरुक बनाउन सचेतना गोष्ठी, तालीम, परामर्श, होमस्टे (घरबास) लाई प्रश्रय गरी पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु-याउने लक्ष्य छ।
कार्यालय स्थापनासँगै सरोकारवालासँगको समन्वयनमा खाद्य सामग्रीसम्बन्धी नियमित बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्श र होटलको स्तरीकरण (गुणस्तर मापन चिह्न) गर्ने कार्यक्रम एकल तथा संयुक्त रुपमा कार्यालयले अघि बढाएको छ।