नेपालको दोश्रो ठूलो भैरहवाभन्सार कार्यलय रुपन्देहीले आर्थिक बर्षको ६ महिनामा लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल भएको छ।
४३ अर्ब २२ करोड १४ लाख राजस्व संकलन गर्ने लक्ष्यभए पनि ४१ अर्ब ३७ करोड ५ लाख सकलन भएको छ। लक्ष्यभन्दा १ अर्ब ८५ करोड कमि रहेको छ। लक्ष्यको कुल ९५दशमलब ७ प्रतिशत संकलन भएको छ भने ४ प्रतिशत कमि रहेको कार्यलयले जनाएको छ।
बिभिन्न समस्याको कारण लक्ष्य अनुसार को राजस्व संकलन नभएको भैरहवा भन्सार कार्यलयका सूचना अधिकृत कलिराज पौडेलले बताए। यो भन्सारमा आउने गाडिको कामि पहिलो कारण रहेको छ। भने यो महिना सिजनको पनि नभएको र अरु क्षेत्रको अबस्था पनि उस्तै रहेकोले कमि आएको उनले दावी गरे। भैरहवाबाट आउने गाडि कृष्णनगरतर्फबाट आउनथाले पनि राजश्व संकलनमा कमी भएको उनको भनाई छ।
साउन देखी पुस सम्ममा सबैभन्दा बढी राजस्वसंकलन असोजमा भएको छ। कार्तिक, मंसिर र पुसमा लक्ष्य अनुसार संकलन नभएको उनले बताए। उनले आर्थिक बर्षको पहिलो महिना साउनमा ६ अर्ब ६४ करोड लक्ष्य भएकोमा ६ अर्ब ९७ करोड संकलन भएको बताए। त्यस्तै भाद्रमा ७ अर्ब ५१ करोड भएपनि ७ अर्ब ७ करोड संकलन भएको छ।
त्यस्तै असोजमा ६ अर्ब ५७ करोड लक्ष्य रहेकोमा ९ अर्ब६८ करोड संकलन भएको थियो जुन लक्ष्यभन्दा ३ अर्ब बढी रहेको भैरहवा भंसार कार्यलयले जनाएको छ।
त्यस्तै कार्तिकमा ७ अर्ब ५१ करोड रहेकोमा ६ अर्ब ४१ करोड रहेको छ। भनेमंसिरमा७ अर्ब ५१ करोड मध्ये ५ अर्ब ६६ करोड संकलन भएको छ भनेपुसमा७ अर्ब ५१ करोड राजश्व संकलनको लक्ष्य भएकोमा ५ अर्ब ७९ करोड संकलन भएको कार्यलयका सुचना अधिकृत कलिराज पौडेलले बताए। आयतको तुलनामा निर्यात भने २ प्रतिशतमात्र रहेको पौडेको भनाई छ।