नेपालको हवाई इन्धन भण्डारण क्षमता निकै न्यून रहेको छ। नेपाल आयल निगमका अनुसार इन्धन क्षमता ८ हजार ५०६ किलोलिटर मात्र रहेकाले भण्डारण भएको इन्धनले १२ दिनलाई पनि धान्दैन।
नेपालमा उडान हुने अन्तर्राष्ट्रिय तथा यहाँका आन्तरिक उडान भर्ने विमानले नेपालमै इन्धन भर्ने गर्छन्। अन्तर्राष्ट्रिय उडानले नपुग इन्धन मात्र काठमाडौंमा भर्ने गर्दा पनि नेपालको इन्धन भण्डारण क्षमता अत्यन्तै न्यून रहेको हो।
निगमका आपूर्ति तथा वितरण शाखाका उपनिर्देशक विनित उपाध्यायका अनुसार दैनिक हवाई इन्धन खपत ६५० किलोलिटर छ जसमध्ये अन्तर्राष्ट्रिय उडानमा मात्र ४५० किलोलिटर खपत हुने गरेको छ। राजधानीमा खबर छ।