पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उच्च गिरावट आएको छ।
राष्ट्र बैंकको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार मंसिरसम्ममा ९२ हजार नौ सय ३१ जना कामका लागि बाहिरिएका छन्।
यो अघिललो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले कम हो। रोजगारको प्रमुख गन्तव्य मलेसिया जान रोक लगाइएपछि यो संख्यामा कमी आएको जानकारहरू बताउँछन्। गत वर्ष मलेसियातर्फ ४९ हजार ५७ कादार गएकामा यो वर्ष दुई हजार पाँचसय मात्रै गएका छन्।
सरकारले मलेसिया जाने कामदारलाई बढी शुल्क लिएको भन्दै गत जेठदेखि त्यहाँ जान रोक लगाइएको थियो। यो वर्षको तथ्यांकमा मलेसिया गएका देखिएका पनि त्यसअघि नै भिसा लागेकाहरू हुन्।
पछि कात्तिकमा श्रममन्त्री गोकर्ण विष्ट र समकक्षीले श्रम सम्झौतामा हस्ताक्षर गरे पनि कार्यान्यनमा आएको छैन। नेपालको प्रमुख गन्तव्य मानिएको मलेसिया जेठ २ देखि बन्द छ। कान्तिपुरमा खबर छ।