शिवम् सिमेन्टस् लिमिटेडले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियमबापत २०० रुपैयाँ थप गरी प्रतिसेयर ३०० रुपैयाँका दरले ४१ लाख २० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ। शिवम्को शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रिमियमसहित सेयर निष्काशन मूल्य २०० तोकिएको कम्पनीले जनाएको छ। यसअघि ३०० रुपैयाँमा ८ लाख ८० हजार कित्ता सेयर निष्काशन गरी २ लाख २ सय ४० कित्ताको मात्र आवेदन परेकोमा सोलाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
हाल तोकिएको निष्काशन मूल्यबमोजिम बाँडफाँड भएका शेयरधनीहरुलाई १ लाख १ सय २० कित्ता सेयर थप प्रदान गरिने र बाँकी रहेको ५ लाख ७९ हजार ६ सय ४० कित्ता सेयर २०० रुपैयाँमा आवेदन गर्न चाहने स्थानीयलाई पुनः थप वा नयाँ आवेदन गर्न सकिने व्यवस्था मिलाइएकोले इच्छुक उद्योग प्रभावित क्षेत्र मकवानपुरबासीले समेत निष्काशन खुल्ला अवधिमा तोकिए बमोजिम आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ।
न्यूनतम ५० कित्ता तथा अधिकतम सम्पूर्ण कित्ताका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्वा प्रणाली मार्फत आवेदन गर्न सकिनेछ कम्पनीले जनार्एको छ।