निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत करिब तीन किलोमिटर सडकखण्ड बागमती नदीको दुवै किनारमा बन्ने भएको छ ।
फास्ट ट्र्याकका लागि आवश्यक २५ मिटर चौडा सडक खन्न ठुल्ठूला पहाड फोर्नुपर्ने भएकाले दुवैतर्फको करिडोरमा सडक बनाइने भएको हो ।नेपाली सेनाका अनुसार एउटा लेन मकवानपुरको काप्राङ हुँदै छालाटार र अर्को ललितपुरको घुसेल हुँदै छालाटारको २५ मिटर चौडा सडकमै पुगेर जोडिनेछ । मकवानपुरको काप्राङ र ललितपुरको घुसेलदेखि छालाटारसम्मको लम्बाइ करिब तीन किमि छ ।
नेपाली सेनाको मकवानपुर सिस्नेरी क्याम्पका प्राविधिक सुवेदार तुलाराम खड्काले ठूला पहाड काट्नुपर्ने भएकाले बागमती करिडोरमा किमि सडक निर्माण गर्न लागिएको बताए । ‘फास्ट ट्र्याकअन्तर्गत यो खण्डमा साँघुरो भएकाले सडकमार्गका लागि ठाउँ पर्याप्त भएन, दुवैतिर ठुल्ठूला पहाड फोड्नुपर्ने भयो,’ उनले भने, ‘२५ मिटर चौडा सडकका लागि आवश्यक ठाउँका लागि पहाड फोड्दा कमजोर हुने र भविष्यमा भूक्षय निम्त्याउन सक्ने भएकाले नदीको दुवै किनारबाट दुई लेन सडक निर्माण गर्न लागिएको हो ।’ नयाँ पत्रिकामा खबर छ।