असोज पहिलो साता जारी अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले सामुदायिक विद्यालयको शिक्षा पूर्णतः निशुल्क गरेको छ। त्यसअघि निःशुुल्क भनिए पनि कुनै न कुनै रुपमा शुल्क उठाइएकै हुन्थ्यो ।
निजी विद्यालयका विद्यार्थीले सीमित छात्रवृत्तिबाहेक पूण शुल्क तिर्नुुपर्छ । सामुदायिक विद्यालयलमा निजी भन्दौ धेरै पूर्वाधारहरु पनि छन् । तर सरकारै पछिल्लो प्रतिवेदनअनुसार सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण घट्दो छ ।
निजीमा भने गते बर्षको तुलामा ७ प्रतिशत विद्यार्थी बढेका छन्। साढे ३५ हजार विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्य तीन बर्षअघि सामुदायिकमा मात्रै ८४ प्रतिशत थिए । अघिल्लो बर्ष ८२ प्रतिशतमा झरेको यो आँकडा अहिले ७५ प्रतिशतमा ओर्लिएको खबर कान्तिपुर दैनिकामा छ।