विभिन्न पेशागत माग राखी प्रदेश ५ का शिक्षकहरु विद्यालय बन्द गरेर सडकमा उत्रिएका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा शुक्रबार उनीहरुले विरोध जुलुशसहित मन्त्रालय घेराउ गरेका छन् ।
बिहान १० बजे चौराहाबाट बिरोध प्रदर्शन सहित मन्त्रालय पुगेका थिए। आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको र पटक पटक ध्यानर्कषण गराउदा समेत कुनै सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले बताए।
२६ सुत्रीय माग राख्दै पटक पटक सरकारको ध्यानर्कषण गराउदै आएको महासंघको यो तेस्रो चरणको आन्दोलन हो।
महासंघले शिक्षा सम्वन्धी स्थानीय तहमा आफूखुशी ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्यलाई रोक्न स्थानीय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकको सामूहिक पदोन्नति गरिनुपर्ने माग राखेको छ।
तत्कालीन उच्च माविमा कार्यरत शिक्षकहरुको दरवन्दीको प्रवन्ध गरी स्थायी प्रक्रिया आरम्भ गरिनुपर्ने,राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकलाई स्थायी गराउनु पर्ने लगायतका माग छन्।