शिक्षक सेवा आयोगले लिएको परीक्षामा एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्। आन्तरिक प्रतिष्पर्धामा सामेल भएका २२ हजार २ सय शिक्षकमध्ये न्यूनतम ४० अंक समेत ल्याउन नसक्दा ८ हजार शिक्षक लिखित परीक्षामा समेत उत्तीर्ण हुन सकेनन्।
आयोगको विज्ञापनअनुसार माग गरिएको २२ हजार ७६ पदका लागि २३ हजार ३ सयले आवेदन दिएकोमा १ हजार १ सय शिक्षक अनुत्तीर्ण हुने डरले परीक्षामा सहभागी समेत भएका थिएनन्। परीक्षामा २०४९ पुसभन्दा पहिले, २०४९ पुसपछि २०६१ साउनसम्म र २०६१ साउनयता नियुक्त भएका शिक्षकहरुलाई सहभागी गराइएको थियो।
आयोगका अनुसार लिखित परीक्षा वा अन्तर्वार्तामा अनुत्तीर्ण हुने र परीक्षामै सहभागी नहुने गरी ९ हजारभन्दा बढी शिक्षक अब सुविधासहित घर जाने भएका छन्। कान्तिपुरमा खबर छ।