रोल्पामा रहेका अधिकांश विद्यालय निजी स्रोतका शिक्षकको भरमा सञ्चालन भइरहेका छन्।
जिल्लाका चार सय सात विद्यालयमध्ये दुई सय ३२ मा शिक्षक दरबन्दी शून्य छ। दरबन्दी शून्य भएका र न्युन दरबन्दी भएका विद्यालय निजीस्रोतका भरमा सञ्चालन भइरहेका छन्।
जिल्लामा रहेका आधारभूत तह (कक्षा १ ८) का एक सय ६८, र मावि तह (कक्षा ९ १०) का ६४ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ। जिल्लाका कुल ४ सय ७ विद्यालय सञ्चालनमा छन्। तीमध्ये साबिकका एक सय १ प्राथामिक विद्यालयमा ६७ निम्न माध्यमिक विद्यालय, र ६४ माध्यमिक विद्यालयमा दरबन्दी शून्य छ। एक सय ७५ विद्यालयमा शिक्षक दरबन्दी रहे पनि अन्य अधिकांश न्युन छ। यी विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन हुँदै आएका छन्।
दरबन्दी अभावका कारण कतिपय विद्यालय बन्द नै गर्नु पर्ने अवस्थामा पुुगेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारिको गुनासो छ। वन समूह, अभिभावक, देउसी भैलोबाट सकलित रकमबाट निजी स्रोतका शिक्षक नियुक्त गरी विद्यालय सञ्चालन भइरहेका छन्। नयाँ पत्रिकामा खबर छ।