माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र यस वर्षदेखि प्रदेशगत रुपमा तयार हुँदै छन् । प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र तयार गरी ७२ सुरक्षाकर्मीको तीन घेरामा जनक शिक्षा सामग्री केन्द्रमा छपाइ गर्न तयारी छ ।
६ वटा अनिवार्य विषयमा प्रदेशस्तरीय प्रश्नपत्र हुने भए पनि ऐच्छिक विषयमा भने विद्यार्थी कम हुने भएकाले एउटै प्रश्नपत्र बनाइनेछ । १० चैतबाट सञ्चालन हुने परीक्षाका लागि ३ फागनुदेखि प्रश्नपत्र छपाइ शुरु गर्ने तयारी छ ।
शिक्षा मन्त्रालष्का सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष खगराज बरालका अनुसार पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाल प्रहरी राखेर प्रश्नपत्र छपाइ गरिनेछ । सेना २७, सशस्त्र प्रहरी ३० र नेपाल प्रहरीका १५ सुरक्षाकर्मी प्रश्नपत्रको सुरक्षामा खटिने भएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ।