अमेरिकामा एक सय वर्षपछि आएको शक्तिशाली आँधीका कारण १४ जनाको मृत्यु भएको छ।
२५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधी र बाढीबाट मध्य अमेरिकाको फ्लोरिडा राज्य सबैभन्दा बढी प्रभावित भएको छ। यसैगरी अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकको घोषणा गरिएको बीबीसीले जनाएकाे छ।
‘माइकल’ नामक यस आँधीका कारण फ्लोरिडामा ३ लाख ७० हजारभन्दा बढी मानिसहरुलाई सुरक्षीत स्थानमा सर्न आग्रह गरिएको छ। राष्ट्रिय विपत व्यवस्थापन एजेन्सीका निर्देशक ब्रोक लङ्गले सन् २००१ भन्दा अगाडि बनेका भवनहरुलाई आँधीले क्षति पुर्याउन सक्ने बताएका छन्।