माल्दिभ्सको सर्वोच्च अदालतले निर्वाचनबारेमा परेको मुद्दामाथि आउँदो आइतबार सुनुवाई गर्ने भएकाे छ।
हालै भएको राष्ट्रपतीय निर्वाचनबारेमा राष्ट्रपति अब्दुला यमीनले दिएको चुनौतीबारेमा आइतबार सुनुवाई गर्ने तय भएको अदालतले जनाएको हो। अदालतले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएको जानकारी अनुसार आइतबार दिउसो एक बजे सुनुवाई गर्ने निर्णय भएको छ। निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउदै राष्ट्रपति यमीनले अदालतमा मुद्दा दायर गरेका थिए।
गत सेप्टेम्बर २३ तारिखका दिन भएको निर्वाचनमा अनपेक्षित रुपमा विपक्षी दलका उम्मेदवार इब्राहिम मोहमद सोलिह विजयी भएको घोषणा गरिएको थियो। उनले ५८.४ प्रतिशत भोट पाउनुभएको अधिकारीहरुले बताएका थिए। प्रमुख निर्वाचन आयुक्त अहमद सरिफसँगको छलफलपछि अदालतले सुनुवाइको समय तोकेको हो। सरिफले राजधानी मालेमा पत्रकारहरुलाई दिएको जानकारीअनुसार यमीनले अहिलेको निर्वाचन परिणामलाई रद्ध गरी फेरी निर्वाचन गराउन माग गरेका छन्।
अमेरिका र युरोपेली संघले पनि यमीनले नस्वीकार्दासम्म निर्वाचनको परिणामलाई अगाडी नबढाउन चेतावनी दिएका छन्। आउदो नोभेम्बरमा कार्यकाल सकिन लागेका ५९ बर्षिय यमीनका समर्थकहरुले पनि निर्वाचनको परिणामलाई चुनौती दिएका छन्।