अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको निवासमा हुलाकमार्फत आएको शंकास्पद विष्फोटक वस्तु भेटिएको छ।
न्यूयोर्कका व्यापारी जर्ज सोरोसको घरमा बम भेटिएको दुई दिनपछि ओबामा र क्लिन्टनको आवास क्षेत्रमा विष्फोटक पदार्थ भेटिएको हो।
पूर्व अमेरिकी अधिकारीको कार्यालयमा आउने इमेल परीक्षण गर्ने अधिकारीले उक्त विष्फोटक पदार्थ पत्ता लगाएका थिए। सिएनएनको मूख्यालय रहेको टाइम वार्नर भवनमा समेत उस्तै शंकास्पद वस्तु भेटिएको सिएनएनका अध्यक्ष जेफ जुकरले पुष्टी गरेका छन्।
जुकरले इमेल जाँचबुझ गर्ने कक्षमा उक्त पदार्थ भेटिएपछि भवनलाई खाली गरिएको पनि बताए। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।