गूगल कम्पनीले १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट निकालेको छ। पछिल्लो दुईवर्षदेखि उनीहरुलाई यौन उत्पीडनको आरोप लागेको थियो।
गूगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना उत्पीडनका आरोप लागेका कर्मचारीहरुको नाम उल्लेख गरेको पत्रमा कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेपछि यस्तो फैसला लिएको बताएका छन्।
यो पत्र न्यूयोर्क टाइम्सको त्यो रिपोर्टको जवाफमा लेखिएको हो जहाँ एन्ड्रोइड निर्माता एन्डी रुबिनलाई यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर विदा गरियो भनेर उल्लेख गरिएको थियो। रुबिनले सन् २०१४ मा कम्पनी छोडेका थिए । त्यतिबेला पनि पत्रिकाले उनको शानदार विदाई गरिएको उल्लेख गरेको थियो।
पिचाईले पत्रमा गूगल आफ्ना कर्मचारीहरुलाई सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर रहेको उल्लेख गरेका छन्।