सीबीआई प्रमुख आलोक बर्मालाई सरकारले असम्बैधानिक तरिकाले हटाएको भन्दै आज नयाँदिल्लीस्थित सीबीआई कार्यालयअगाडि भएको प्रदर्शनमा कांग्रेस अध्यक्ष राहुल गान्धीलगायतका नेताहरु पक्राउ परेका छन् ।
गान्धीसहितको नेतृत्वमा विपक्षी पार्टीले गरेका प्रदर्शनमा गान्धी, अशोक गहलोत, प्रमोद तिवारीलगायतका नेताहरुले गिरफ्तारी दिएका हुन् । गान्धीको नेतृत्वमा सुरु भएको र्याली दयालसिंह कलेजदेखि सुरु भएर सीबीआई कार्यालयसम्म चलेको थियो । त्यसपछि उनले लोधी रोड पुलिस स्टेशनमा गएर गिरफ्तारी दिएका हुन् । प्रदर्शनमा गान्धीका साथ शरद यादव, तृणमुल कांग्रेसका नेताहरु पनि सामेल थिए ।
कांग्रेसले राफेल भ्रष्टाचार काण्डको अनुसन्धान गरिरहेका बेला सीबीआई प्रमुखलाई हटाएर नरेन्द्र मोदी सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै आएको छ।
संवैधानिक रुपमा सीबीआई प्रमुखलाई प्रधानमन्त्री, प्रतिपक्षी नेता र प्रधानन्यायाधीशसामेल तीन सदस्यीय समितिले गर्छ ।तर अन्य दुई जनालाई थाहै नदिई प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा बर्मालाई हटाएको आरोप कांग्रेसको छ ।