श्रीलकांमा नाटकिय रुपमा प्रधानमन्त्री पदमा पूर्व राष्ट्रपति महिन्द्रा राजपक्षे चयन भएका छन्।
वर्तमान राष्ट्रपति मैत्रीपाल सिरीसेनाको कार्यालयले आज जारी गरेको विज्ञप्ती अनुसार राजपक्षेलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ।
राजपाक्षे उनै राजनैतिक नेता हुन् जो पछिल्लो राष्ट्रपतिको निर्वाचनमा सिरिसेनाले हराएका थिए।
विरोधीलाईनै सरकारको महत्वपूर्ण पद दिएर मैत्रीपाला सिरीसेनाले सवैलाई आश्चर्यमा पारेको बीबीसीले खबर लेखेको छ।