हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ।
“अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन्। उनकाे गत शनिबार निधन भएको समाचारमा जनाइएको छ।
सन् १९०७ मा जन्मिएका उनी किसान थिए। उनका तीन छोराछोरी थिए भने सात जना नातिनातिना र १४ जना पनाती पनातीनी र पाँच खनाती खानातिनी रहेका छन्।
मुलुककै सवैभन्दा जेष्ठ नागरिक भएकाले उनको अन्त्यष्टिको बारेमा अहिले केही जानकारी दिइएको छैन।