टर्कीमा हत्या गरिएको साउदी पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी युवराज मोहम्मद बिन सलमानको संलग्नता नभएको दावी गरिएको छ।
साउदी सरकारकी अभियोजनकर्ताले पत्रकार खशोग्जीको हत्या गर्ने निर्देशन साउदी युवराज सलमानले नभई एकजना वरिष्ठ गुप्तचर अधिकारीले दिएको दावी गरेका छन्। पत्रकार खशोग्जीलाई साउदी अरब फर्काउने जिम्मा पाएको टोलीको नेतृत्व गरिरहेका ती गुप्तचर अधिकारीको निर्देशनमा हत्या भएको एक प्रवक्ताले सञ्चारकर्मीहरुलाई बताए।
पत्रकार जमाल खशोग्जीलाई टर्कीको इस्तानुबलस्थित साउदी वाणिज्यदूतावासमा हात हालाहालको भएपछि प्राण घातक सूई दिइएको पनि उनले बताए।उनले हत्या सम्बन्धमा ११ जनाविरुद्ध अभियोग लगाइएको बताएका छन्। जसमध्ये पाँचजना विरुद्ध मृत्युदण्डको सजाय माग गरिएको बीबीसीले लेखेको छ। तर उनीहरुको परिचय भने खुलाइएको छैन।
घटनामा अहिलेसम्म २१ जनालाई हिरासतमा लिइएको छ भने दुई जनालाई पदबाट हटाइएको छ।