त्तर कोरियाले उच्च सामरिक महत्वको नयाँ अत्याधुनिक हतियार परीक्षण गरेको छ। करीब एक वर्षदेखि परमाणु हतियारको उत्पादन तथा परीक्षण बन्द गरेको दाबी गर्दै आएको उत्तर कोरियाकाे याे कदमकाे चाैतर्फि अालाेचना हुने देखिएकाे छ।
उत्तर कोरियाको राष्ट्रिय रक्षा विज्ञान एकेडेमीले उक्त हरियार परीक्षण गरेको र नेता किम जोङ उनले त्यसको निरीक्षण गरेको त्यहाँकाे सरकारी समाचार एजेन्सी केसीएनएले शुक्रबार जनाएकाे छ।
किमले आफ्ना सेनाको क्षमता वृद्धिका लागि उक्त हतियारको निर्माण गरिएको बताएका छन्। उनले राष्ट्रको सुरक्षाका लागि यो महत्वपूर्ण उपलब्धी भएको भन्दै राष्ट्रिय रक्षा विज्ञान एकेडेमीको प्रशंसा गरेका थिए।
परीक्षण कुन मितिमा गरिएको र हतियार कस्तो खालको हो भन्ने बारे भने खुलाइएको छैन्। परमाणु हतियारको निर्माण र परीक्षण नगर्ने प्रतिबद्धता जनाए पछि गत मे मा उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्तासमेत गरेका थिए। दुई कोरिया अहिले करीब ६ दशक लामो द्वन्द्व अन्त्य गर्ने प्रयासमा जुटिरहेका छन्।