अमेरिकी अदालतले सीएनएनका पत्रकारको प्रेसा पास फिर्ता गर्न राष्ट्रपति कार्यालयलाई निवेदन दिएको छ।
वरिष्ठ पत्रकार जिम एकोस्टाको प्रेस पास ह्वाईटहाउसले रद्द गरे पछि वासिंगटन अदालतमा मुद्दा परेको थियो। मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीलाई सीएनएनले विपक्षी बनाएको थियो।
अदालतका न्यायाधिश थिमाेटी केलीले पत्रकारको प्रश्न सोध्न पाउने नैसर्गिक अधिकार रहेकाले प्रेस पास रद्द गर्न नहुने फैसला गरेका हुन्। उनको फैसला लगत्तै ह्वाइटहाउसले कोस्टालाई अस्थायी पास उलव्ध गराएको छ। योसँगै उनी अब ह्वाइटहाउसमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुन पाउने छन्।
प्रेस पास पाए पछि पत्रकार एकोस्टाले न्यायालयलाई धन्यवादा दिएका थिए। पत्रकारका वकिलले फैसलाले पत्रकारिताको इतिहासमा ऐतिहासिक दिन भनी संज्ञा दिए।