भारतको पश्चिम बंगालमा विषालु रक्सी खाँदा सात जनाको मृत्यु भएकाे छ। विषालु रक्सी खाएर बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ। समाचार एनेन्सी पीटीआईसँग कुरा गर्दै पश्चिम बंगाल राज्यमन्त्री अमित मित्राले यो कुराको पुष्टि गरेका हुन्।
मित्राले दिएको जानकारी अनुसार राज्य सरकारले यो घटजनको छानविनका लागि सीआईडीलाई आदेश दिएको छ। उनले विहार र झारखण्डबाट विषालु रक्सीको तस्करी कसले गर्दैछ भन्ने पत्ता लाग्ने बताएका छन्। उनले मृत्यु भएकाका परिवारलाई दुई दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन्।