अमेरिकाको अलास्कामा ७ म्याग्निच्यूडको भूकम्प गएको छ।
अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यको सबैभन्दा ठूलो शहर एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पपछि थुप्रै पराकम्पहरु गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।
भूकम्पबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको खबर अहिलेसम्म आएको छैन।
भूगर्भ विभागले पराकम्पहरु अझै ठूलो संख्यामा आउन सक्ने भन्दै नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। अहिलेसम्म ४० वटा पराकम्प आइसकेको छ। त्यसमा पनि १० वटा पराकम्प ४ म्याग्निच्यूडभन्दा माथिका छन् भने ३ वटा पराकम्प ५ म्याग्निच्यूडभन्दा माथिको रहेको अलास्का अर्थक्वेक सेन्टरले जनाएको छ।
भूकम्पका कारण घरहरु केही भत्किएका छन्। राजमार्गहरु चिराचिरा परेका छन्। त्यस्तै भूकम्पसँगै सुनामी आउने खतरा रहेको भन्दै अधिकारीहरुले सतर्क रहन आग्रह गरेका छन्।