सामान्यत : सडकको रङ कालो हुन्छ । तर, जर्मनीमा एक सडकको रङ एकाएक बदलियो । सडक चकलेटमय भयो ।
जर्मनीको वेस्टनेन शहरको एक फ्याक्ट्रीमा चकलेटले भरिएको एक ट्यांक लिक भयो र एक टन चकलेट सडकमा पोखियो । निकै चिसो थियो । हेर्दाहेर्दै चकलेट जम्यो । जसका कारण सडक नै बन्द गर्नुपर्यो ।
तत्कालै अग्नीनियन्त्रकहरुलाई बोलाइयो । २५ दमकल कर्मचारीले तातो पानी र फोहोराको मद्धतबाट चकलेट पखाले र सडक सुचारु गरे । त्यसमा उद्योगका कर्मचारीले समेत सहयोग गरे । अग्नीनियन्त्रण विभागका कर्मचारीहरुले निकै धेरै चकलेट सडकमा बगेको बताए । यद्यपि यही घटनाका कारण क्रिसमसमा चकलेटको अभाव भने हुनेछैन ।