भारतको कर्नाटक राज्यस्थित किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाने कम्तिमा ११ जनाको मृत्यु भएको छ।
चामराजनगर जिल्लाको सुलावाडी गाउँस्थित किच्चुकुट्टी मारम्मा मन्दिरमा गरिएको विशेष कार्यक्रमको प्रसाद खाने अन्य ७२ जना बिरामी भएका छन्। तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले जनाएको छ।
प्रसादका रुपमा बाँडिएको भात र गोलभेंडा खानेहरु बिरामी परेका थिए। प्रसाद खाएलगत्तै उनीहरुमा पेट दुख्ने र वान्ता हुने समस्या देखिएको थियो।
घटनापछि प्रहरीले प्रसादको नमूना संकलन गरेर जाँचका लागि पठाएको छ।