क्यानडामा मादक पदार्थ सेवन गरि सवारी चलाए १० वर्षको जेल सजाय तोकिएको छ।
यो नियम त्यहाँका नागरिकका साथै अस्थायी कामदार र अन्य देशका विद्यार्थीेहरुमा पनि लागू हुने जनाइएको छ। यसअघि मापसे गरेर सवारी चलाएको पाइए ९० दिनसम्म ‘ड्राभिङ लाइसेन्स सस्पेन्स’ गर्ने नियम थियो।
क्यानडा सरकारले १८ डिसेम्बरदेखि लागू गरेको कानुन अनुसार मापसे गरेर सवारी चलाएको अवस्थामा फेला परे विदेशी कामदार तथा विद्यार्थीहरुलाई उनकै देशमा फिर्ता पठाउने पनि उल्लेख गरिएको छ।