अमेरिकी पूर्व राष्ट्रपति सान्ता क्लजको पहिरनमा वाशिङटनस्थित चिल्ड्रेन नेशनल हस्पिटलमा गएर क्रिसमस उपहार बाँडेका छन् । उपहारसहितको धोक्रो बोकेर पूर्व राष्ट्रपति अस्पताल परिसरमा हिड्दा धेरैले आश्चर्य मानेका थिए । उनले बालबालिकालाई पजल, रिमोट कन्ट्रोल कारलगायतका खेलौना बाँडेका थिए । ओबामाले बिरामी बालबालिका, तिनका आफन्त तथा नर्सहरुसँग डेढ घण्टा बिताएका थिए। उनले बिरामी बालबालिकासँग फोटो पनि खिचाए ।
केही सीमित कर्मचारीवाहेक ओबामा आउने कसैलाई पनि थाहा थिएन । जब उनी अस्पताल पुगे, उनको अस्पताल बसाईभर नर्सिङ स्टेशनमा भीड नै जम्मा भइसकेको थियो । उनलाई अस्पतालका डाक्टर, रेजिडेन्ट र नर्सले क्रिसमसको शुभकामना व्यक्त गरेका थिए ।