लोकतान्त्रिक गणतन्त्र कंगोमा हुन लागेको निर्वाचन एक हप्ता पछाडी सारिएको छ।
यही डिसेम्बर २३ तारिख सोमबारका दिन गर्ने तय भएको निर्वाचनलाई आगामी डिसेम्बर ३० मा गर्ने गरी तय गरिएको यहाँको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन सारिएको प्रति प्रश्न गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले विश्वसनीय निर्वाचनका लागि चासो राखेको छ।
देशको निर्वाचन आयोगले गत बिहीबार निर्वाचन पछाडी सार्ने निर्णय गरेपछि राष्ट्रसंघले चासो देखाएको हो। कंगोमा लामो समयपछि राष्ट्रपतिय, संसदीय र प्रादेशीक निर्वाचन हुन लागेको छ।
परिषद्का तर्फबाट जारी गरिएको वक्तव्यमा ढिलो भएपनि निर्वाचन निष्पक्ष, विवादरहित र स्वतन्त्र हुने विश्वास गरिएको छ।
“कंगोका जनताले स्वतन्त्रतापुर्वक मत हाल्न र आफ्ना प्रतिनिधि निर्भयपुर्वक छान्न पाउछन् भन्ने हाम्रो विश्वास छ,” वक्तव्यमा भनिएको छ।
सुरक्षा परिषद्का सदस्यहरुले वार्ता र छलफललाई निरन्तरता दिदै सकारात्मक टुंगोमा पु-याउन कंगोका राजनीतिक दलहरुलाई सुझाव पनि दिएका छन्।
निर्वाचन नजिकिदै गर्दा कंगोका राजनीतिक पार्टीहरुका बीचमा विवाद हुदै आएका छन् भने कतिपय दिन हिंसात्मक र अशान्त क्रियाकलापहरु भएका छन्।
सन् २०१६ को डिसेम्बर ३१ मा निष्पक्ष, विश्वसनीय र स्वतन्त्र निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न कंगोका दलहरुले सहमती गरेका थिए।