भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ।
अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको जानकारी दिइएको छ।
क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन्। अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो।
आफ्नो उद्देश्यमा सफल हुने पुिष्ट भएकाले यसको परिक्षण पूर्ण रुपमा सफल भएको जानकारी दिइएको छ।
भारतीय सेनाले क्षेप्यास्त्रको परिक्षण गरेको हो। भारतमा यसअघि अग्नी-एक, अग्नी-दुई, अग्नी-तीन र पृथ्वी परीक्षण गरिसकिएको छ।