बोको हरामले राखेको विद्युतीय धराप (एम्बुस)मा परेर नाइजेरियामा १३ सुरक्षाकर्मी मारिएका छन्।
मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले जानकारी दिएका छन्। तर अर्को एक श्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दावी गरेको छ।
बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राति अबेर बोको हरामका लडाकूहरूले विद्युतीय धराप राखेका थिए।
प्रहरी र सैनिक गरी १३ जनाको दुखद् निधन भएको छ, सैन्य अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।