इजिप्टमा पर्यटक बसलाई लक्षित गरी भएको बिस्फोटमा चारजनाको मृत्यु भएको छ।
बिस्फोटमा भियतनामका तीन पर्यटक तथा एक स्थानीयगाईडको मृत्यु भएको हो। विस्फोटमा परी १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।
बस गुडिरहेका बेला जिगा पिरामिड नजिकै बाटोको छेउमा एक्कासी बिस्फोट भएको थियो।
बसमा १४ जना भियतनामी पर्यटक चढेको थिए। अहिलेसम्म आक्रमणको जिम्मेबारी कुनै पनि समूहले लिएको छैन। यसअघि भने बिद्रोही संगठन आइएसले पर्यटकलाई लक्षित गरेर आक्रमण गर्दै आएको थियो।