बंगलादेशमा भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले जित हात पारेको छ। उसको यो लगातार तेस्रो जित हो।
हसिनाको पार्टी अवामी लिगले ३ सय सिट मध्य २ सय ६० सिटमा जित दर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। यसैगरी उसको सहयोगी दलले २१ सिटमा जित दर्ता गर्दा प्रमुख विपक्षी दल नेशनल यूनिटी फ्रन्ट एनयूएफ र उसको गठबन्धन बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले जम्मा ७ सिटमा मात्रै जित हात पार्न सफल भयो।
निर्वाचनका बेला भएको हिंसामा एक जना सुरक्षाकर्मी सहित १७ जनाको मृत्य ुभएको थियो। विपक्षी बीएनपीले निर्वाचनमा ब्यापक धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचन गर्न माग गरेको छ। ३सय मध्य २ सय ९९ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने एक सिटमा उम्मेदवारको निधन भएकाले स्थगित गरिएको छ।
त्यहाँको निर्वाचन आयोगका अनुसार हसीनाले दक्षिण पश्चि क्षेत्र गोपालगञ्जबाट जित हात पारेकी छिन्। उनले २ लाख २९ हजार ५ सय ३९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी बीएनपीका उम्मेदवारले जम्मा १२३ मत ल्याएका थिए।
मत परिणाम सार्वजनिक भएलगत्तै निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै एनयूएफका संयोजक कमल हुुसेनले परिणाम अस्वीकार गर्ने घोषणा गरेका थिए।