ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले इजरायलको जेरुसेलममा आफ्नो देशको दूतावास सार्ने तयारी गरेको बताएका छन्।“यो हाम्रो आफ्नै देशको मामिला भएकाले न इरानसँगको मामिला हो न अरबी देशहरूसँगको मामिला हो” उनकने भनाई छ।
एसबीटी टेलिभिजनलाई दिएको अन्तर्वातामा उनले यो विषयमा निर्णय भइसकेको र अव कार्यान्वयनको चरणमा रहेको बताए।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यही जनवरी एक तारिखका दिन राष्ट्रपति बोल्सोनारोको सपथग्रहण समारोहमा सहभागी भएको केहीदिन पछि यस्तो निर्णय सार्वजनिक भएको हो।
ब्राजिलका नयाँ राष्ट्रपति बोल्सोनारोको अमेरिका र इजरायलसँग राम्रो सम्वन्ध रहेको मानिन्छ। ब्राजिलको दूतावास जेरुसेलममा सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वदायी भूमीका रहेको मानिएको छ।
जेरुसेलमलाई इजरायलको राजधानी मान्ने की नमान्ने भन्ने बारेमा विवाद नै रहेकाले ब्राजिलको दूतावास जेरुसेलममा सार्ने निर्णय विवादास्पद निर्णय हो।