जर्मनीमा यसै साता भएको साइबर आक्रमणमा रुस तथा दक्षिणपन्थी समूहको हात रहेको आशंका गरिएको छ।
आक्रमणमा रुस र दक्षिणपन्थी समूहको हात रहेको शंका गरिए पनि त्यसको प्रमाण भने अहिलेसम्म नभेट्टाइएको जर्मनीको गृह मन्त्रालयले जनाएको छ।
साइबर हमलामा जर्मन चान्सलर एन्जेला मर्केलसहित सयाैं नेता, पत्रकार तथा फरक–फरक क्षेत्रका व्यक्तिको व्यक्तिगतजानकारी सार्वजनिक भएको थियो। जर्मनीको साइबर सुरक्षा हेर्ने निकायले भने आफ्नो देशमा भएको र्साबर हमलाको बचाउ गरेको छ।
साइबर हमलाबारे हप्तौँ पहिला जानकारी भए पनि प्रहरीलाई खबर नगरेको भन्दै साइबर सुरक्षा हेर्ने निकायको आलोचना भइरहँदा यो निकायले भने साइबर हमला हुनेबारे आफूलाई जानकारी नभएको बताउँदै आएको छ।