अमेरिकाको एरिजोनास्थित हेसिन्डा हेल्थ सेन्टरमा १४ वर्षदेखि कोमामा उपचार गराइरहेकी एक महिलाले बच्चा जन्माएकी छन् । बच्चा स्वस्थ रहेको जनाइएको छ ।
ती महिलामाथि यौन उत्पीडनको आशंकामा अनुसन्धान थालिएको छ । उक्त अस्पतालका कर्मचारीको दुव्र्यहारको समाचार यसअघि सार्वजनिक भएको थियो ।
पानीमा डुबेपछि मष्तिष्कमा क्षति भएका कारण ती महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई २४ सै घण्टा नियमित उपचारको जरुरी छ । कर्मचारीले उनको चेकअप दैनिक कयौंपटक गर्छन्। कर्मचारीको यौन दुव्र्यहारका कारण अस्पतालले नियम पनि परिवर्तन गरेको छ।
यसअघि पुरुषमात्र उपचारमा संलग्न हुने गरेकामा अब महिला चिकित्साकर्मी पनि सहभागी हुनेछन् । यो नियम एरिजोना हेल्थ सर्भिसेजले लागू गरेको हो ।