पोल्यान्डको गडान्स्क शहरका मेयर पावेल अडमोविजको हत्या भएको छ। परोपकारीसम्बन्धी एउटा कार्यक्रममा सहभागी भएका बेला मेयर पावेलमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको हो।
५३ वर्षीय मेयर पावेलको उपचारका क्रममा निधन भएको अधिकारीहरुले जनाएको छ।सयौं मानिस सहभागी कार्यक्रममा मेयर पावेल स्टेजमै रहेका बेला एक व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए।
गम्भीर घाइते भएका मेयरलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो। अस्पतालमा उनको पाँच घण्टा लामो शल्यक्रिया गरिए पनि बचाउन नसकिएको अधिकारीहरुले जनाएका छन्। घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ।