केन्याको राजधानी नैरोबीमा रहेको एक होटेलमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ।
मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। वेस्टलेड्स इलाकामा रहेको डुस्टीडी होटेलमा बम प्रहारपछि गोली समेत चलाइएको थियो। सोमालियाको चरमपन्थी समूह अल शबाबले घटनाको जिम्मेवारी लिएको बीबीसीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार हतियारधारी ४ जना व्यक्ति होटेलमा पसेर गोली चलाउँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृतकमध्ये एक जना अमेरिकी नागरिक समेत रहेका छन्।
उता रोयटर्सले शब गृहका कर्मचारीलाई उदृत गर्दै अहिलेसम्म १५ जनाको मृत्यु भएको जनाएको छ। यसैगरी ३० जना घाइते भएका छन्।