न्यूजिल्याण्डको दक्षिण टापुस्थित जंगलमा भएको आगालागी अझै नियन्त्रणमा आउन सकेकाे छैन्। अहिलेसम्म हजारौ मानिस विस्थापित भएका छन्।
एक साताअघि नेल्सन शहर नजिकैको जंगल क्षेत्रमा आगलागी शुरु भएको थियो। त्यस क्षेत्रमा तीव्र गतिमा हावा चल्दा आगलागी नियन्त्रण गर्न कठिनाइ उत्पन्न भएको छ। जंगल क्षेत्र नजिकै रहेको एउटा नगरमा आगो सल्किन सक्ने जोखिम बढेको छ। न्यूजिल्याण्डको आपतकालिन सेवा विभागले आगलागीपछि तीन हजार मानिस विस्थापित भएको जनाएको छ।
न्यूजिल्याण्डमा ६५ वर्षपछि जंगल क्षेत्रमा यति ठूलो आगलागी भएको बताइएको छ। आगालागी फैलिदै गए ६५ हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले बताएका छन्। सरकारले आगलागी नियन्त्रणका लागि २३ हेलिकप्टर र २ वटा विमानसहित अग्निनियन्त्रकहरु परिचालन गरेको छ।