विश्वमा किराफट्याङ्ग्राको संख्यामा नाटकीय रुपमा कमी आईरहेको एक अध्ययन सार्वजनिक भएको छ।
स्तनधारी जनावर, चरा र सरिश्रृपको तुलनामा किरा फ्याड्ग्राको संख्यामा ८ गुणाले कमी आएको अध्ययनले देखाएको छ। बायोलोजिकल कन्जरभेसन जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार झिंगा र साङ्ला भने पृथ्वीबाटै हराउने स्थिति छ।
४० प्रतिशत किरा फट्याङ्ग्राको अस्तित्व आगामी एक दशकमा हराउने बीबीसीले उल्लेख गरेको छ। कृषिमा प्रयोग हुने विषादी तथा जलवायु परिवर्तन किरा फट्याङ्ग्राको संख्यामा आएको कमिको मुख्य कारण रहेको अध्ययनले देखाएको छ।
मानव जीवन स्वस्थ बनाउन किरा फट्याङ्ग्राको महत्वपूर्ण भूमिका रहेको छ। विश्वमा उत्पादन हुने बालीको ७५ प्रतिशत परागसेचन किराले नै गर्ने गरेका छन्। चरा, चमेरा सहित कयौं स्तनधारी जनावर तिनै बालीमा निर्भर छन्। पृथ्वीमा रहेका कुल किरा फट्याङ्ग्रा मध्ये एक तिहाईलाई संकाटापन्न सूचीमा राखिएको छ।