भारतको नयाँदिल्लीस्थित करोल बाग क्षेत्रको होटल अर्पित प्यालेसमा आज भएको आगलागीमा १७ जनाको मृत्यु भएको छ । दिल्ली सरकारका मन्त्री सत्येन्द्र जैनका अनुसार अधिकांशको निस्सासिएर मृत्यु भएको हो ।
मन्त्री जैनले लापरवाहीका कारण आगलागी भएको हुन सक्ने बताए । उक्त क्षेत्रमा ४ तलामात्र निर्माण गर्न पाउने नियम भएपनि होटल ६ तलाको बनाइएको छ । यसबारेमा आजै साँझसम्म छानबिन गर्न डिस्ट्रिक मजिस्ट्रेटलाई आदेश दिइएको छ।
बिहान साढे ४ बजे लागेको आगो निभाउन २० भन्दा बढी दमकल प्रयोग गरिएको थियो । होटलबाट ३५ जनाको उद्दार गरिएको थियो । अधिकारीहरुका अनुसार केही घाइतेलाई अस्पताल भर्ना गरिएको छ । सुरक्षाकर्मीहरुले उक्त क्षेत्रलाई घेरा हाली अनुसन्धान गरिरहेका छन् ।