इरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको मृत्यु भएको छ।
इरानी सरकारी संचारमाध्यमका अनुसार आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आक्रमण गरेका थिए। आक्रमणमा अन्य २० गार्ड घाइते भएका छन्। सुन्नी–मुस्लिम चरमपंथीले समुह जैश अल–अदहलले हमलाको जिम्मेदारी लिएको छ।
सुन्नीहरुको अधिकारको पक्षमा लड्ने भन्दै यो समुहले सन् २०१२ देखि सशस्त्र संघर्ष गर्दै आएको छ। जैश अल–अद्ल समुहले शियातन्त्रले सुन्निहरुको साथ भेदभाव गर्दै आएको आरोप लगाएको छ। इरानको सरकारले भने यो घटनालाई पोल्यान्डको वार्सामा अमेरिकाको नेतृत्वमा मध्यपूर्वमा चलिरहेको सम्मेलनसँग जोडेको छ।