भारत प्रशासित जम्मु कश्मीरकाे पुलवा जिल्लाको पिगलेनामा फेरि मुठभेड भएकाे छ।
सोमबार विहान भएको मुठभेडमा मेजरसहित ४ जना भारतीय सैनिक मारिएका छन्। पिगलेनामा लडाकुहरु लुकेको सूचनापछि भारतीय सेनाले त्यस क्षेत्रमा सर्च अभियान चलाएकाे छ।
सर्चका क्रममा लडाकुहरुले गोली चलाउन सुरु गरेको भारतीय सञ्चार माध्ययमहरुले खबर लेखेका छन्। जसमा चारजना सैनिक मारिएका छन् भने एक जना गम्भीर घाइते भएको जनाइएकाे छ।
गत विहीवार पाकिस्तानमा शरण लिएर बसेका आतंकवादीले गरेको हमलामा परी ४४ बढी भारतीय शुरक्षाकर्मीको मृत्यु भएकाे थियाे। घटनापछि भारतले पाकिस्तानसँग बदला लिने चेतावनी दिंदै आएकाे छ।