राेजगारीका शिलशिलामा कुबेत पुगेका एक नेपालीकाे मृत्यु भएकाे छ। अाइतबार राति काम सकेर सुतेका स्याङ्जाका दिपक परियार साेमबार बिहान मृत फेला परेका हुन्।
रातिसँगै सुतेका दिपक बिहान नउठेपछि साथीहरुले उठाउन खाेज्दा मृत फेला पारेका थिए। कुवेतको अलेनम रियल स्टेट कम्पनीमा सन् २०१६ देखि सुरक्षा गार्डका रुपमा काम गर्दै आएका दिपक कम्पनीकै आवास गृह आबुहलिफामा नेपाली साथीहरु सँगै बस्दै आएका थिए।
कोठाका साथीहरुको रात्रिकालिन काम भएका कारण आफ्नो काम सकेर खाना खाएर सुतेका दिपक सुतेकै ठाउँमा बिहान मृत फेला परेका हुन्। घटनाबारेमा प्रारम्भिक जानकारी आएपनि अन्य अनुसन्धान र मृत्यु हुनाको कारणसहितको चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको नेपाली दूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनले जानकारी दिए।
लिङ्देनले भने, ‘शवलाई कुवेतको फर्वानिया अस्पातल राखिएकाे छ। कम्पनी र दूतावासले गर्नुपर्ने अन्य कानुनी प्रक्रिया शुरु गरिएको छ।’ कुवेतमा दिपकसहित यो महिानामा मात्रै अहिलेसम्म चार जना नेपाली कामदारकाे मृत्यु भइसकेकाे छ।
विशेष गरी अत्याधिक गर्मीयाम र खान पानमा राम्रो ख्याल नगर्नाले धेरै नेपालीहरु हृदयघातको सिकार हुने गरेको तथ्यांकले देखाएकाे छ।