कास्की जिल्लाको अर्मला गाबिस घर भएका ४१ बर्षीय तीर्थबहादुर बिकको समुन्द्रमा डुबेर मृत्यु भएको छ। राहदानी नं.०८१०६८६४ भएका बिकको गत शुक्रबार डुबेर मृत्यु भएको हो।
पोखराको महेन्द्र गुफामा बसोबास गर्दै आएका बिक बिगत केही समयदेखि कुवेतमा कार्यरत थिए। कुवेतको अलकुत कम्पनीमा आए पनि केही समयदेखि भागेर अबैधानिक रुपमा काम गर्दै आएका बिकको समुन्द्रमा डुबेर मृत्यु भएको पुष्टी भएको नेपाली दुताबास कुवेतका द्धितीय सचिब ज्ञानबहादुर मगरले बताए। मगरले भने,“दुताबासलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार तीर्थबहादुरको समुन्द्रमा डुबेर मृत्यु भएको भनिए पनि अन्य जानकारी भने आउन बाँकी छ।”
पुरानो कम्पनीबाट भागेर अबैधानिक रुपमा काम गर्दै आएका तीर्थबहादुरको शब नेपाल पठाउने सम्बन्धमा कानुनी प्रकृया शुरु गरिए पनि पुरानो कम्पनीले मृतक बिरुद्ध कम्पनी छोडेर भागेको मुद्दा हालिएको हुँदा टिकटको समेत समस्या परिरहेको छ।
कुवेतमै कार्यरत मृतकको नातेदर भाई बमबहादुरका अनुसा अत्यन्तै नाजुक आर्थिक अवस्थाका तीर्थको घरमा श्रीमतीसहित ९ बर्षीय छोरा र ६ बर्षीया छोरी छन्। गएको एक महिनामा बिभिन्न कारणले ६ जना नेपालीले कुवेतमा ज्यान गुमाएका छन्।