नेपाली जनसम्पर्क समिति क्यानडाको अध्यक्षमा बुद्धिप्रकाश ओली निर्वाचित भएका छन्।
हालै सम्पन्न दोस्रो अधिवेशनले ओलीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो। अधिवेशनबाट उपसभापतिमा दिपक गौतम, महामन्त्रीमा बसन्त कार्की, सहमहामन्त्री विपिन पराजुली र रामकृष्ण पौडेल र कोषाध्यक्षमा विशाल घिमिरे निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी कार्यसमिति सदस्यहरुमा शुरेश रजौरे, सिद्दिकि शेर्पा, अशोक यादव, तुला भट्टचन, उज्वल गौतम, कमला भण्डारी, निरञ्जन थापा, हेमराज पाण्डेय, विजय लम्साल, कृष्ण रेग्मी, शैलेन्द्र पंजियार, सुनिल घिमिरे, सुशील भुसाल, विष्णु खनाल र राजेन्द्र पोखरेल निर्विरोध निर्वाचित भएका छन्।
दोश्रो अधिवेशनपछि बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संशोधित विधान अनुरुप दधि अर्याल र यादव सापकोटालाई कार्यसमितिको सदस्यमा मनोनित गरेको थियो। अर्याललाई सदस्य मनोनित भएलगत्तै उपसभापति बनाइएको छ।
सभापतिका प्रस्ताव र कार्यसमितिको समर्थनमा सम्राट थापा र सिद्धीकि शेर्पालाई उपसभापतिमा मनोनित गरिएको छ। नेपाली जनसम्पर्क समितिको दोस्रो अधिवेशन उद्घाटन केन्द्रीय प्रतिनिधि एवं कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले नेपालमा बाम शक्तिहरुको एकताले देश विकास हुने संकेत नदेखिएको बताए। उनले देश विदेशमा रहेका सबै प्रजातान्त्रिक शक्तिहरु एक हुनुपर्ने बताए।
कार्यक्रमका अतिथि एवं नेपाली कांग्रेसका सिन्धुली जिल्ला सभापति उज्वल बरालले प्रजातन्त्रमा आस्था राख्ने र कांग्रेस समर्थित व्यक्तिहरु कांग्रेसको आदर्श, नीति र अनुशासनभित्र रहनुपर्ने बताएका थिए।