यूरोप भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुगेका छन्।
उनी बुधबार साँझ पोर्चुगलको राजधानी लिस्बन आइपुगेका हुन्।
पौडेललाई लिस्बन विमानस्थलमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, संस्थापक अध्यक्ष पूर्ण हमाल, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्की लगायतले स्वागत गरेका थिए।
त्यस्तै, पौडेलको स्वागतका लागि पोर्चुगलस्थित नेपाली समुदायसँग सम्बन्धित विभिन्न संघ, संस्थाका पदाधिकारी तथा कांग्रेस कार्यकर्ताहरु विमानस्थल पुगेका थिए।
बेल्जियम, फ्रान्स, लग्जेम्वर्ग लगायत विभिन्न मुलुकमा जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई लिस्बन आइपुगेका पौडेलले बिहीबार दिउसो जनसम्पर्क समिति पोर्चुगलले बिपी जयन्तीको अवसरमा आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने छन्।
पौडेल पोर्चुगलको कार्यक्रम पछि स्पेन प्रस्थान गर्ने बताइएको छ।