नर्वेमा रहेका नेपालीहरुले भलिबल प्रतियोगिता सम्पन्न गरेका छन्।
शनिबार उनीहरुले जेएसएस कप भलिबलको आयोजना गरी फरक-फरक ठाउँमा रहेका नेपालीहरुलाई केही समय भएपनि रमाइलो गर्ने वातावरण मिलाएका हुन्। नेर्वेको ओस्लोको रमणीय सोन्साभानमा आयोजना गरिएको भलिबल प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ तीन टिमको सहभागिता थियो। नेपाली जनसम्पर्क समिति नर्वेले आयोजना गरेको यो प्रतियोगिता तेस्रो रनिङ कप समेत रहेको जनाइएको छ।
खेलकुदको माध्यमद्वारा नर्वेका बिभिन्न स्थानमा शिक्षा, रोजगारी एबं अन्य पेशा ब्यवसाय गरी बसोबास गरिरहेका नेपालीहरुलाई ब्यक्तिगत तथा सामूहिक सद्भाव र भाइचाराको सम्बन्ध अझ बढी मजबूत बनाउदै लैजाने प्रमुख उद्देश्यले प्रतियोगिता नै आयोजना गरिएको हो।
यसैगरी यस बर्षको कप भलिबल टुर्नमेन्टको उपाधि भने नेपाली पोर्तुगिस सोसाइटी (नेपाल रेड) टिमले जितेको छ। यसैगरी प्रोग्रेसिभ नेपाली फोरम उपबिजेता बन्न सफल भयो। उपधि विजेता नेपाल रेडले ४ हजार नर्वेजियन क्रोनर सहित रनिङ कप, मेडल र प्रमाणपत्र पाउँदा उप बिजेता भएको टिमले भने २५ सय नर्वेजियन क्रोनर पाएको थियो।
महिला तर्फको खेलमा नेपाली जनसंपर्क समिति नर्बे बिजेता बन्दा सद्भाव समुह नर्वे उपबिजेता बनेको छ। महिला तर्फ बिजेता हुने टिमलाई २ हजार नर्वेजियन क्रोनर प्रदान गरिएको थियो भने उप विजेता टिमले १२ सय क्रोनरमा चित्त बुझायो।
प्रतियोगितामा पुरुषतर्फको उत्कृष्ट खेलाडी नेपोस रेडका महेन्द्र खड्का बन्दा, महिला तर्फ दिपीया विश्वकर्मा बन्न सफल भइन्। उनीहरुलाई नेपाली कांग्रेसका आमिन्त्रत केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे, जनजाती महासंघका निबर्तमान अध्यक्ष तथा पूर्व संसद श्री नगेन्द्र कुमाल, नेपाली जनसंपर्क समन्यव समिति युरोपका महामन्त्री गंगाधर गौतम, गैर आबासीय नेपाली संघ नर्वेका अध्यक्ष सन्जिब कुमार थापा लगाएतले भलिवल प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए।