सरकारको पछिल्लो गतिविधिहरुप्रति असन्तुष्टि जनाउँदै विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विदेशस्थित युरोपमा क्रियाशील नेपाली जनसम्पर्क समितिहरुले मातृ पार्टीले गरेको विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्।
ओली नेतृत्वको सरकार स्वेच्छाचारी रूपमा अगाडि बढेको, जनतालाई राहत दिनुको सट्टा अाहत पार्ने गरी कर बृद्दि गरेकाे भन्दै यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार विरूद्दकाे अान्दाेलनमा छ। यसमा ऐक्यबद्धता जनाउँदै युरोपमा कार्यरत सबै नेपाली जनसम्पर्क समितिहरुले विज्ञप्ति जारी गरेका हुन्।
नेपाली जनसम्पर्क समितिहरुले विज्ञप्ति जारी गर्दै वर्तमान सरकार लोकतान्त्रिक संविधानको मर्म विपरीत मनोमानी ढंगले अगाडि बढेको र संविधान प्रदत्त वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायालय माथी हस्तक्षेप गर्दै जनतालाई सर्वसुलभ रूपमा उपलब्ध गराउनुपर्ने शिक्षा र स्वास्थ सुविधा जस्ता आधारभूत व्यवस्थाहरु पनि गर्न नसकेको उल्लेख गरिएको छ।
नेपाली जनसम्पर्क समितीका सभापतिहरुको हस्ताक्षरित विज्ञप्तिमा कांग्रेस नेतृत्वको सरकारले विधिसम्मत तरिकाबाट गरिएको नियुक्ति र जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका सुविधा र राहतका कार्यक्रमहरु खारेज गर्ने ओली सरकारको कदमको निन्दा गरिएको छ।